राजनीति अदालतलाई हेरेर गर्ने होईन : एमाले नेता ढुङ्गेल

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले राजनीति अदालतलाई हेरेर गर्ने होईन भनेर बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘ढुङ्गेलले आफ्नो फेसबुक पेजमा विचार प्रकट गर्दै एमाले पार्टीभित्र पछिल्लो समय नेकपाको आन्तरिक संघर्षको दौरानमा गरिएका जनप्रर्दशन र संगठन निर्माणको अभियानले एउटा पार्टी निर्माण भैसकेको अवस्थामा अदालतको पछिल्लो फैसलाले नेकपा एमाले व्यँतिए पछि अन्तर संघर्षले नयाँ मोड लिएको हो । एउटा गम्भीर प्रश्न–वनाईएका संगठनको विचल्लि वनाएर नेतृत्वले पन्छिन् पनि त मिल्दैन ।
अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन । आरोप, प्रत्यारोप र अविश्वासको जगमा खडा भएको आन्तरिक विवादलाई निरुपण गर्न विश्वासको वातावरण निर्माण गर्न जरुरी छ । चियापान, सर्वदलीय वैठक यसको वातावरण निर्माण गर्न गरिएका प्रारम्भिक प्रयत्नहरु हुन् । नेतृत्वले आयोजना गरेका यस्ता कार्यक्रम वहिष्कार गरेर समानान्तर भेलावाट पार्टी एकता मजवुद हुन्छ र ?’ भनेर नेतृत्वलाई प्रश्न समेत गरेका छन् ।

पार्टी मिलाउनु पर्छ तर त्यो भन्दा पहिला मेलमिलापको धरातल बलियो वनाउनु पर्नेमा पार्टी नेतृत्वलाई ढुङ्गेलले आग्रह गरेका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button