ओलीको निर्णयबाट असन्तुष्ट नेपाल-खनाल समूहकाे राष्ट्रिय भेला आजदेखि सुरु

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीको मनोमानी निर्णयबाट असन्तुष्ट माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि ललितपुरमा सुरु हुँदैछ ।

नेपाल-खनाल समूहले ललितपुरको सानेपामा आज र भोली दुई दिन भेलाको आयोजना गरेको हो । सोमवार बानेश्वरमा बसेको यस समूहको केन्द्रीय सदस्य तथा सांसदको बैठकले राष्ट्रिय कार्यकर्ता भेला तय गरेको थियो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमालेको २८ गतेको बैठक एकपक्षीय रुपमा बसेको र अवैधानिक निर्णय गरेको भन्दै नेपाल समूह रुष्ट बनेको छ । सो समूहले मंगलबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रम समेत बहिष्कार गरेको थियो ।

आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने भन्दै ओलीले पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास गरिरहेको नेपाल पक्षले बताउँदै आएको छ । यसैबीच ओली समूहले यो भेला रोक्न चेतावनी दिँदै आएको छ ।

मंगलबार महासचिव इश्वर पोखरेलले विज्ञप्ति नै जारी गरेर भेला नरोकेको खण्डमा कार्बाही गर्ने धम्की नै दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button