५ पत्रकार संगठनले पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने

काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि ५ वटा पत्रकारहरुका संगठनहरु मिलेर जाने भएका छन् ।

मंगलवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले महासंघको निर्वाचनमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन् । यसरी प्रतिवद्धता जनाउनेहरुमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपाल रहेका छन् ।

ती संगठनहरुले नेपाल पत्रकार महासंघको सबै तहका संरचनाहरुमा विचारगत तथा विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिकरुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशील संघ/संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्दै अन्य संगठनहरुलाई पनि यो अभियानमा आउन आव्हान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button