रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको संख्या बढ्दो

काठमाडौं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको संख्या बढेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झण्डै एक वर्ष राहदानी बनाउनेको संख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे संख्या बढ्न थालेको खबर गोरखापत्र दैनिकमा छ ।

राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, ‘राहदानी बनाउने बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको संख्या कायम हुन थालेको हो ।’

उनका अनुसार विगतमा जस्तै अहिले दैनिक ४५ हजार जति राहदानी बन्न थालेको छ । विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको सङ्ख्या पनि धेरै हुने गरेको छ । उनले पुरानो राहदानीको म्याद सकिँदा कुनै पनि थप शुल्क वा जरिवाना नलाग्ने प्रस्ट्याए ।

उनले थपे, ‘म्याद सकिएको १५ वर्षपछि राहदानी बनाउन आउँदा पनि जरिवाना लाग्दैन ।’ विगत एक वर्षमा तीन लाख ९८ हजार ८४२ ले राहदानी बनाएका थिए, जसमध्ये विभागबाट एक लाख ४१ हजार ३०५, जिल्लाबाट दुई लाख ४४ हजार ५८७ र विभिन्न वैदेशिक मिसनका कार्यालयबाट १२ हजार ९५० वटा राहदानी जारी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button