प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौँ – प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ।

बुधबार अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदको बहुमतले विनियोजन विधेयकलाई स्वीकृत गरेको हो। सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए।

कांग्रेस, राजपा र समाजवादीले बजेटको विपक्षमा मतदान गरेका छन्।

अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै बजेट स्वीकृत भएको हो। प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने छ।

सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ।

सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button