भारतद्वारा चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्ड पराजित

काठमाडौं । घरेलु टिम भारतले चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।

अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

जितसँगै ५ खेलको सिरिज २-२ को स्थितिमा पुगेको छ । अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button