१७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भयो खनाल-नेपाल समूहको राष्ट्रिय भेला

काठमाण्डौं । नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबारबाट सुरु भएको भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहको छलफलपश्च्यात उनीहरुको सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए । त्यस्तै नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरु नस्वीकार्ने भेलाको निष्कर्ष रहेको छ । त्यस्तै जबजको मर्म अनुसार देशभर पार्टीका संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button