बाह्रबिसेलाई हराउदैं सुनकोशी बिजयी

चित्र मिजार, सिन्धुपाल्चोक । तेस्रो बलेफी गाँउपालिका जिल्लास्तरीय लिग फूटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई हराउदै सुनकोशी गाँउपालिका बिजयी भएको छ ।
फाइनल खेलमा सुनकोशी गाँउपालिकाले बाह्रबिसे नगरपालिकालाई २-० ले पराजित गदै बिजयी भएको हो । प्रथम सुनकोशीले एक लाख र टर्फी उचालेको छ भने उपबिजेता बाह्रबिसेले ५० हजार र टर्फी हात पारेको छ ।
सुनकोशीका सूर्य खत्रीले पहिलो गोल गरेपछि बाह्रबिसे पछाडि परेको थियो । पहिलो हाफमा नै सुनकोशीका आवास योञ्जनले पेनाल्टी मार्फत एक गोल थपेपछि सुनकोशीको जित सुनिश्च्यत भएको थियो । बाह्रबिसे नगरपालिकाले खेलको अबधिभर कुनै गोल गर्न सकेन् । गएको बर्ष भने सुनकोशी उपबिजेतामा चित्त बझाएर फर्केको थियो ।
सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठका अनुसार खेलको उत्कृष्ट गोलकर्ता सुनकोशीका सुजन माझी भएका छन् । हेलम्बुका अजय तामाङले उत्कष्ट फरर्वाडको उपाधि हात पारे । बेष्ट प्लेयर अफ द सिरजको उपाधि पाँचपोखरीका राजु परियारले हाँसिल गरे । उत्कष्ट गोलरक्षक सुनकोशीका एरोन कार्की र उत्कृष्ट डिफेन्डर पनि सुनकोशी कै बिक्रम माझी घोषित भएका छन् ।
बिजयी टिम, बिभिन्न उत्कृट खेलाडीलाई जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङ, बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्री, सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जिसीलगायतका हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
सुनकोशी गाँउपालिका ७ पांग्रेटारस्थित लामोसाँघुको बसन्तपुर खेल मैदानमा प्रतियोगिता भईरहेको छ । सो प्रतियोगिताको आयोजक सिन्धुपाल्चोक जिल्ला फूटबल संघ रहेको छ ।
बलेफी गाँउपालिकाको आर्थिक सहयोगमा सो प्रतियोगिता भईरहेको छ । प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहका टिमको सहभागिता सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।