सिंहदरबार परिसरका सरकारी भवन बिना इजाजत बने

काठमाडौं । सिंहदरबार परिसरमा निर्माण भएका सरकारी भवनको निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने चासो पनि राखिएको छैन ।

भवन निर्माण गर्दा अनिवार्य नक्सा ‘पास’ गर्नुपर्ने र भवन निर्माणपछि मापदण्डअनुसार भएरनभएको जाँच गराई निर्माण सम्पन्नता प्रमाणपत्र लिनु र दिनुपर्ने नियम छ ।

हालसम्म २० हजार सर्वसाधारण महानगरवासीले आफ्नो भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् तर सिंहदरबार परिसरका भवनले न नक्सा पास गराएका छन् न निर्माण सम्पन्नता प्रमाणपत्र नै लिएका छन् ।

भवनको सुरक्षाका लागि बीमालगायतका लागि पनि निर्माण सम्पन्न आवश्यक पर्छ । भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार, सिंहदरबारमा विभिन्न मन्त्रालय सञ्चालनमा आएका भवनको नक्सा पासका लागि आवेदन आएकै छैन ।

भवन निर्माण सम्पन्नता प्रमाणपत्रका लागि आवेदन पनि परेको छैन । सिंहदरबार भित्रका यी भवनको अभिलेख काठमाडौं महानगरपालिकासँग छैन ।

इन्जिनियर शाक्यका अनुसार सरकारी भवनले पनि नियमअनुसार नक्सा पास गराएर निर्माण सम्पन्नता प्रमाणपत्र लिनु आवश्यक छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button