विश्व बैंकबाट नेपाललाई कोरोना खोप अभियानका लागि ८ अर्ब अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा खोपसहित सम्पूर्ण व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस (को भिड-१९) खोप अभियानसहित समग्र व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए ।

यो अनुदानको कोरोना खोपसम्बन्धी समग्र क्रियाकलापका लागि खर्च गर्नुपर्ने गरी दिन लागिएको मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीले जानकारी दिए । यो सर्त रहित भन्दापनि सर्तसहितको अनुदान सहयोग भएको स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए ।

कोरोनासम्बन्धी काममा मात्र लगाउने गरी विश्व बैंकको सहयोग भएको डा गौतमले जानकारी दिए ।

यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन्तर्गत दोस्रो लटको खोप यसै महिना (चैत) भित्रै नेपाल आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार डोज (मात्रा) खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता पनि आएको थियो । तर, त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र ३ लाख ४८ हजार डोज खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।

अब दोस्रो चरणमा १९ लाख २० हजार डोज खोपमध्ये ६ लाख डोज खोप आउने अनुमान गरिएको छ ।

कोभ्याक्स अभियानले औपचारिक रुपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइने छ । यस्तै, नेपाल आफैंले भारतबाट खरिद गरेको २० लाख डोज पनि दुई साता भित्रै नेपाल आइपुग्ने जनाइएको छ ।

कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्त हुने खोप र खरिद गरेर ल्याउन लागिएको खोप आइपुगेपछि हाल नेपालमा स्थगित भएको खोप अभियान फेरि शुरु हुने जनाइएको छ ।

अहिलेसम्म देशभर १७ लाख जनाले खोप लगाइसकेका जनाइएको छ । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button