ओली आफु सर्वशक्तिमान बनेर विरोधीहरुलाई सिध्याउने खेल खेलिरहेको छन– डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आफु सर्वशक्तिमान बनेर विरोधीहरुलाई सिध्याउने खेल खेलिरहेको बताएका छन ।

डा. भट्टराईले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर ओलीले सबैमाथि खड्ग चलाउँन लागेको सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गरेका हुन ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख गर्दै डा. भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत प्रतिक्रिया दिएका छन ।

उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ–पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ किनकि म यहुदी थिइनॅ…..अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन !’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ ! होशियार ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button