भागरथी हत्याप्रकरणका अभियुक्त दिनेशले फेरे बयान

काठमाडौं, ८ चैत्र । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् ।

प्रहरीले उनैले बलात्कारपछि हत्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले हत्या अस्वीकार गरेका छन् ।

भागरथी हत्या प्रकरणमा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् । बैतडीबाट कान्ता चन्दले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार दिनेशले घटनामा आफ्नो संलग्नता नभएको र डरधम्कीले बयान दिन लगाएको बताएका छन् ।

घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी हत्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम किटेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button