सम्पर्क समितिकाे अगुवाइमा कलेजाे प्रत्याराेपणका लागि सहयाेग सङ्कलन

नेपाली काङ्ग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिले कलेजाे प्रत्याराेपणका लागि सहयाेग सङ्कलन गरेकाे छ ।

बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं. ६ स्थायी घर भएका जगत बहादुर सिंह विगत केही वर्षदेखि गम्भिर बिरामी हुनुहुन्छ । डाक्टरका अनुसार कलेजाे ड्यामेज भइसकेका सिंहलाई बचाउन कलेज फेर्नु पर्ने हुन्छ । त्यसका लागि कलेजाे दिने मानिस पनि तयार भइसकेका छन् तर पैसा जुटाउन नसकेकाले कलेजाे फेर्न सकिएकाे छैन ।

कलेजाे फेर्न लाग्ने पचास लाखभन्दा बढी रकम आफैँ जुटाउन विपन्न सिंह परिवारले नसक्ने भएकाले सम्पर्क समिति अघि सरेकाे हाे ।

आजभन्दा चार महिनाअघि सम्पर्क समितिका तर्फबाट अध्यक्ष शमशेर कुमार बमले सामाजिक सञ्जाल मार्फत् सिंहलाई सहयाेग गर्न सार्वजनिक अपिल गरेका थिए । त्यसयता शमशेर कुमार बमकाे खातामा १४१७०६ (एक लाख एक चालिस हजार सात सय छ) र बिरामीकाे स्वयमकाे खातामा गरी आजसम्म करिब सात लाख रुपियाँ जम्मा भइसकेकाे र आफ्नाे खाताकाे रकम बिरामीलाई हस्तान्तरण गरिसकेकाे कुरा उनले बताए ।

अझै धेरै रकम जुट्न बाँकी रहेकाले मनकारी दानवीर व्यक्तिहरुले अब उप्रान्त NIC ASIA BANK मा खातावाला- Bishanu kumar singh काे खाता नम्बर- 2835751031323002 Ramkot branch Kathmandu मा जम्मा गरि सहयोग गर्न सक्नु हुने कुराकाे जानकारी अध्यक्ष बमले दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button