स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोरोनाको जोखिम बढ्यो, सभा/सेमिनार नगर्नु’

पछिल्लो समय छिमेकी मुलुक भारत लगायतका देशमा कोरोनाका घटना बढेपछि विभिन्न ठाँउमा लकडाउन गर्न थालिएको छ। जोखिम बढ्ने भन्दै सरकारले सर्तक रहन आग्रह गरेको हो।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सभा, -र्याली, सेमिनार नगर्न आग्रह गरेका छन्। साथै यघि भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेका मापदण्ड पनि अपनाउन मन्त्रालयले आग्रह गरेको छ।