संसदीय समितिका सभापतिहरुसँग सभामुख सापकाेटाको छलफल

काठमाडाैं, ८ चैत । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई प्रभावरकारी बनाउन र बिभिन्न बिधेयकहरुको अवस्थाका बारेमा समितिका सभापतिहरुसंग सामूहिक छलफल गरेका छन् ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रभावकारी रूपमा संसद् र संसदीय गतिविधिलाई अगाडि बढाउने भन्ने छलफल भएको समितिका सभापतिहरूले जानकारी दिएका छन् ।

समितीमा रहेका बिधेयकहरु र सरकारलाई संसदप्रति जवाफदेशी बनाउनका लागि भएका प्रयासका बारेमा पनि छलफल भएको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले बताए ।

समितिमा सभापतिहरूले कार्यक्षेत्रको विवाद र समितिका संयुक्त बैठकलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि छलफलको विषय बनेको उनले बताए । कानुन निर्माणका क्रममा जनताको अपनत्व स्थापित हुने कानुन निर्माण कसरी गर्ने भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताए ।

संघीय संसद्का विभिन्न समितिहरूमा ५० भन्दा बढी विधेयक, सन्धि, अध्यादेश तथा सम्झौता अड्किएर बसेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button