बैतडीको मेलौलीमा एक युवकमाथी कुटपीट

बैतडीको मेलौली नगरपालिका वडा नं ६ का २६ वर्षीय रबिन्द्र भट्टलाई स्थानिय दुई जनाले मरणासन्न हुनेगरी कुटपीट गरेका छन ।
घाइते भट्टले प्रहरीलाई भने अनुसार वडा नं १ का स्थानिय नरेश बिष्ट र गँगा चन्दले भट्टमाथी मरणासन्न हुनेगरी कुटपिट गरेका हुन ।
आइतबार अप्रान्ह डडेल्धुराबाट फर्केर घर तर्फ जादै गरेको अवस्थामा वडा नं १ को अल्लोडा भन्ने स्थानमा भट्टलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय तस्पदेही मेलौलीका प्रहरी सहायक निरिक्षक चन्द्र भण्डारीले जानकारी दिनुभयो ।
उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनको उपचार केशरपुर स्वास्थ्य केन्द्रमा भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।