प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

विप्लव सोमबार दिउसो प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका हुन। ओलीसमक्ष विप्लवले आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग राखेका छन्।

लामो समयको प्रतिबन्ध हटेपछि विप्लव हालै सार्वजनिक भएका थिए। फागुन २० गते विप्लव नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको थियो।

जसमा विप्लवका नेता कार्यकर्तालाई रिहाइ र मुद्दा फिर्ता गर्न सरकार तयार भएको थियो। सो कुराको कार्यान्वयन नभएको भन्दै विप्लव बालुवाटार पुगेका हुन।

उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ। जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button