आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सरकारले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्दैछ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदनहरु र महान्यायधिवक्ताको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूचिमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button