विश्वभर १० करोड ६ लाख संक्रमण मुक्त, २७ लाख ४५ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा १० करोड ६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ६ लाख ९५ हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १२ करोड ४७ लाख ७६ हजार एक सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २७ लाख ४५ हजार एक सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १३ लाख ३५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड ६ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड २९ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ५६ हजार सात सय ९९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १७ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १२ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार चार सय ७७ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७६ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७२ हजार ९७ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button