मनकामना केबलकार सेवा बिहीबार बन्द हुने

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । प्रालिका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।
लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् । कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो ।
केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।