सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

मंगलबार कानुन व्यवसायीहरूसँग छलफलपछि माओवादी केन्द्रले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए ।

छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो ।

फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button