राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ताः समसामयिक राजनीतिबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता बुधबार बेलुका भएको हो ।
स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७ः४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। दुई जनाबीचको भेटवार्ता करिब १ घण्टासम्म चलेको थियो।
राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्।