तत्कालका लागि कोरोना खोप निर्यातमा भारतले रोक लगायो

काठमाडौं, १२ चैत । भारतले तत्कालका लागि कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएको छ । त्यहाँको विदेश मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देश भित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो ।
सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्याण भनेर प्रतिक्रिया दिएका छन् । भारतले खोप निर्यातमा रोक लगाएसँगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत् गरीब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुने छन् ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्यास योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसँगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाई हुनेछ । भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।