कुवेतमा अलपत्र परेका १५७ नेपाली चेलीहरु आइपुगे काठमाडौं

काठमाडौं / कुवेतमा अलपत्र परेका १ सय ५७ महिला काठमाडौं आईपुगेका छन् । जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको उडानबाट १ सय ५७ जना महिला आईपुगेका हुन् ।

यी उडानमा गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार छन् । उनीहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको थियो । यसैगरी अर्को उडानबाट १ सय ४९ जना नेपाली महिला कामदार लिएर जजिरा एयरलाइन्सको दोस्रो जहाज पनि बिहीबार काठमाडौंका लागि उडिसकेको छ ।

सबै जनाको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो र दोस्रो उडानमा बालबालिका भने छैनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए । उनिहरुलाई नेपाली सेनाको सहयोगमा काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाबाट सम्वन्धित प्रदेशका स्थानीय तहमा पठाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button