एन्फाद्वारा नकआउट प्रतियोगिताको तालिका सार्वजनिक

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले बुधबार चैतबाट वैशाख भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

एन्फाले विभिन्न जिल्लामा हुने १४ प्रतियोगिताको तालिका निकालेको हो । कोरोना महामारीको कारण यस पटक निकै कम प्रतियोगिता हुने भएको छ । अघिल्लो पटक मोफसलमा २५ प्रतियोगिता आयोजना भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button