८ पेजको स्पष्टीकरण पेश गर्दै नेपालले ओलीलाई भने-‘तपाईंलाई कारबाही गर्नुछ'(पूर्णपाठ)

छुट्टै भेला गरेको भन्दै नेता नेपाल लगायतसँग प्रधानमन्त्री ओलीले स्ष्टीकरण मागेका थिए। सो को जवाफदिँदै नेता नेपालले ओलीलाई नै पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।
‘निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईले छलफल किन गराउनु भएन?’ नेपालले भनेका छन्, ‘यसरी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने?’
