कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नेता जोशी लामो समयदेखि अस्पतालमा उपचाररत थिए ।

मष्तिष्कघात भएपछि उनी काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए । जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको र उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको हो ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो । लगत्तै उनलाई वीरले नर्भिकमा रेफर गरेपछि भेन्टिलेटरको सहायतामा उपचार जारी राखिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button