शैक्षिक संस्थामा थप सतर्कता अपनाउनुहोस् : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

विहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालयले अनुरोध गरेको छ । यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता कार्यक्रमहरूको आयोजना नगर्न र नगराउन समेत भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button