आजपनि माधव समूहको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बसेको छ ।
शनिबार बिहान साढे ११ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको हो । बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थिति र अवको यात्राबारे छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीभित्र देखिएको विवाद र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेपाल–खनाल पक्षको बैठक शुक्रबार पनि बसेको थियो । शुक्रबार बसेको बैठकले पार्टीभित्र देखिएको विवादमा संगठनभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो ।
केन्द्रीय समिति बैठकपछि उक्त समूह शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा समेत उपस्थित भएर आफ्ना कुरा राखेको थियो ।
बैठकमा झलनाथ खनाललगायतका नेताहरुले जेठ २ को अवस्थामा जानु पर्ने वताएका थिए तर ओलीले त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए ।