मेलम्चीको पानी धारा-धारामा छाडियो

काठमाडौं। मेलम्चीको पानी काठमाडौंबासीको धारा-धारामा पठाइएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का अनुसार आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाइएको छ।
अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको धारामा पुग्ने केयुकेएलले जनाएको छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।
खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ। आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।