मानवीय सहकारीबाट निक्षेपकर्ता पीडित : बचतकर्ताहरु एकपछि अर्को गर्दै ठगिने क्रम बढ्दो

बचत संकलन गर्दा मंहगो व्याजसहित विभिन्न आश्वासन दिएर बचत गर्न लगाउने र अन्ततः साँवा–व्याज दुवै गायब बनाईदिने गरेका घटनाहरु दैनिक जसो सार्वजनिक हुँदै गएका छन् । यस्तै मध्यको एक हो राजधानीको न्यूरोड झोँछे स्थित रहेको मानवीय बचत तथा ऋण सहकारी संस्था लि. ।
सो सहकारी संस्थाले बार्षिक १४ प्रतिशत व्याज दिने भन्दै २०६९ साल माघ १२ गतेका दिनमा रु तीन लाख र २०७१ साल असार ३२ गते चार लाख पचास हजार गरी रु सातलाख पचास हजार संस्थाले गायब बनाईदिएको पिडित सुदिप सिंहले बताएका छन ।
संस्थाले मुद्दतीमा बचत गरेको रकम फिर्ता गर्नुको सट्टा उल्टै मुद्दतीमा बचत गरेकै दिन बचतकर्ताले ऋण लिएको भन्दै रकम गायब बनाएको पिडित सिंहले तीव्रखबरलाई बताए ।
प्राप्त कागजात अनुरुप काठमाडौंको न्युरोडमा रहेको मानवीय बचत तथा ऋण सहकारी संस्थाबाट सिंह ठगीएको खुलासा भएको छ । सो संस्थामा मुद्दती खातामा आफ्नो रकम बचत गरेका सिंहको रकम संस्थाले ठगी गरेको त्यतिबेला थाहा पाए, जतिबेला उनी रकम झिक्न जाँदा बचतकर्ता नभएर ऋणी भैैसकेका रैैैछन् ।
यसरी मुद्दतीमा बचत गरेका सिंह आफ्नो पैसाको साँवा ब्याज झिक्न मिति २०७५ मा जाँदा मुद्दतीमा रहेको रकम गायब भएसंगै उनी छाँगाबाट खसे । उनले जब बचत गरे सोही दिन उनी आफैले सोही रकम बराबरको ऋण लिएको किर्ते कागजातमा उनी ठगिएको थाहा पाए ।
यसै विषयमा संस्थाका अध्यक्ष विनोदरत्न ब्रजाचार्यलाई जिज्ञासा लिंदा उक्त कुरा थाहा नभएको र त्यो फाईल निर्वमान अध्यक्ष मनोज बासुकलाले लगेको उल्लेख गरे । सहकारी भित्रको ठगी धन्दामा सिंह त एक प्रतिनिधि पात्रमात्र हुन् । सो सहकारीका थप कर्तुत तीव्रखबरले खोजी जारी राखेको छ । श्रोत तथा साभार : तिब्र खबर डट कम