नेकपा एमाले पूर्ववत अवस्थामा अघि बढाउँछौं– नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ ।

मंगलवार कलंकिमा बसेको स्थायी कमिटीको बैठकले ओलीले पार्टीलाई विभाजन गरेको निष्कर्ष निकालेको नेता भीम रावलले जानकारी दिए ।

‘नेकपा एमाले पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्छौ । ओलीको कार्यको भर्त्सना गर्दै देशभरका कार्यकर्तालाई एकतावद्ध हुन हार्दिक आह्वान गर्दछु,’ रावलले भने ।

रावलले देशभर एमालेलाई पुरानै अवस्थामा फर्काउने गरी पार्टीका क्रियाकलाप सञ्चालन गर्ने बताए ।

महाधिवेशपछि बनेका संरचना क्रियाशिल बनाउने उनले बताए ।

‘हामीले संगठित रुपमा एकतावद्ध हुन आह्वान गरेका छौ। ९ औं महाधिवेशपछि बनेका संरचनाहरु संरक्षण गर्नका लागि आह्वनको अर्थ के हो भने महाधिवेशपछि बनेका संरचना क्रियाशिल बनाउने हो। केपी ओली समूहका मान्छेले देशभरी गुटगत क्रियाकलाप गरेकाले। हामीले देशब्यापी रुपमा सशक्त रुपमा संगठन अगाडि बढाउने निर्णय गरेका छौ,’ रावलले भने ।

नेता नेपाल र रावललाई ओलीले ६ महिनाका लागि कारवाही गरेपछि पहिलोपटक उक्त समूहको बैठक बसेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button