यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, माधव पक्षका अटाए ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी तल्ला तहमा पठाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ केन्द्रीय सदस्य सहितलाई समेटेर गठन गरिएको कमिटीबारे मातहत कमिटीमा जानकारी पठाएको छ ।

अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसहित आयोजक कमिटीमा दुई सय ६४ जना छन्। यस्तै कार्यविभाजनको जानकारी पनि पठाइएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक निर्णय तल्लो तहका कमिटीहरुमा अन्तर पार्टी निर्देशनका रुपमा पठाउँदै एमालेले सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को नाम लैजान माओवादी केन्द्रको रवैयाका कारण सम्भव नभएको समेत कार्यकर्तालाई प्रष्ट पारेको छ ।

अन्तर पार्टी निर्देशनमा सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा पदाधिकारीहरुको नामावली पठाइएको छ । जसमा माधव नेपाल पक्षधर नेताहरुलाई भने जिम्मेवारी दिइएको छैन ।

उनीहरु पहिले नै प्रचण्डसँग मिलेर अर्को पार्टी बनाइसकेकाले तत्कालीन अवस्थामा काम अघि बढाउन यो जिम्मेवारी दिइएको उल्लेख छ ।

तत्कालका लागि भनेर दिइएको कार्यविभाजन माधव नेपाल पक्षले बिना सर्त पार्टीमा रहन चाहेको अवस्थामा हेरफेर हुने बताइएको छ ।

आयोजक कमिटीमा माधव नेपाल पक्षका साबिक एमालेका सबै केन्द्रीय सदस्य यथावत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button