विजेता खेलाडीलाई १/१ लाख दिने एन्फाको घोषणा

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देशिय कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले मंगलबार विज्ञप्ति मार्फत उपाधि विजेता टोलीका सदस्यलाई जनही १/१ लाख पुरस्कार दिने जानकारी गराएको हो । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।