खनाल नेपाल पक्षले फिर्ता लियो मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव

काठमाडौं । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षाले पक्षले वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) हुँदा प्रचण्ड माधव समूहका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

वागमती प्रदेश सभा सदस्य रचना खड्काका अनुसार सो समूहले हिजो मंगलबार अविश्वास प्रस्ताव फिर्ता लिएको हो ।

नेकपा हुँदाको अवस्थामा अघि बढाएको प्रस्ताव अब नेकपा नै नरहेको हुँदा फरक परिस्थितिमा पुगेको कारण अविश्वासको प्रस्ताव फिर्ता लिएको उनको भनाइ छ ।

यसैबीच आज वागमती प्रदेशको एमाले संसदीय दलको बैठक पनि राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button