प्रतिनिधिसभा बैठक चैत २३ सम्मका लागि स्थगित

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका थिए।
साथै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत सदनमा पेस भएको छ।
अन्त्यमा संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।
अब अर्को बैठक चैत २३ गते दिउसो १ बजे बस्ने छ।