बायोमेट्रिक हाजिरी परीक्षण नमिले वैशाख १ देखि विदेश जान नपाइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रि हाजिरी परीक्षण नमिले वैशाख १ गतेबाट विदेश जान नपाइने भएको छ ।

वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै बायोमेट्रिक हाजिरी परिक्षण नमिले अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइने जानकारी दिएको छ ।

‘वैदेशिक रोजगारीमा जाने कामदारको वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तलिम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्कली बायोमेट्रिक लिई गएका र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा कामदारहरुलाई वैशाख १ गतेदेखि श्रम कक्षबाट नै फर्काइनेछ,’ बिभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली। २०६४ उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डले स्वीकृत गरेको हुनुपर्छ । साथै, पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी बिवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालि ९एफइआएएमएस० मार्फत उपलब्ध गराउने व्यवस्था छ ।

पछिल्लो समयमा अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने÷दिने तालिम गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको÷लिएको कारणले उक्त व्यवस्था लागू गरेको विभागले जनाएको छ ।

साथै, विभागले श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितीमा म्याच गराउँदा आधिकारिक नभएको विभागको भनाइ छ । जसले गर्दा रोजगारीमा जाने कामदारलाई विभिन्न असुविधा पर्न जाने विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने जनाएको छ ।

साथै, गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून तथा अन्य आवश्यक कानून सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयवाट समेत बञ्चित हुन जाने समस्याले गर्दा विभागले बायोमेट्रिकको विवरण अनिवार्य गरिएको जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button