कडाइका साथ जोर बिजोर

ललितपुर/ बिसु गरुङ/ बिहिवार देखि काठमाडौं उपत्यका लगायत दुई सय भन्दा बढी संक्रमित जिल्लाहरुमा गृहमन्त्रालयले सवारी साधनमा जोर, बिजोर प्रणाली लागु गरेको छ ।
बिहिवार जोर नम्बरको सवारी साधनको पालाे थियो भने कति जनाले थाह नभएर बिजोर नम्बरको सवारी साधन प्रयोग गरेको र ट्राफिक प्रहरीले बिहान भएको कारण सम्झाइ बुझाइ जान दिएको र दिउँसो देखि थप कडाइ गरेको थियो ।
सरकारको निर्णयलाई कडाइ साथ कार्यान्वयन गराउन बिहान देखि सडकमा प्रहरीहरुको उपस्थिति थियो । ‘कसैले भनसुन नगर्नुहोला’ सरकारको निर्णय कडाईका साथ ट्राफिक प्रहरीले लागु गराउँछ ” एसएसपी भिमप्रसाद ढकालले भन्नुभयो । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेक अन्य सबै यात्रुबाहक सवारी साधनहरुलाई बिहान ७:००बजे देखि बिहान ७:००बजेसम्म आवागमन निषेध गर्ने गृह मन्त्रालय निर्णय गरेको छ। साथै अन्तर्राष्ट्रिय सिमा नाकामा भने आवागमन कडाइका साथ निषेध गरिएको छ ।