भारततर्फ लैजाँदै गरेका एक युवतीको उद्धार

कञ्चनपुरमा एक बालिकाको भारतीय सिमानाकाबाट उद्धार गरिएको छ ।

माईती नेपालले भारततर्फ लैजादै गरेको एक किशोरीलाई दोधारा चाँदनी नगरपालिका  ४ स्थित महाकाली झोलुङ्गे पुलबाट उद्धार गरेको हो ।

लालझाँडी गाँउपालिकाका एक १८ वर्षिया किशोरीलाई भारतको उत्तर प्रदेश, सिमरिया गाँउ, पिलिभित जिल्लाका २० वर्षिय जान मोहम्मदले भारत लैजादै गरेको अवस्थामा माईती नेपालको महाकाली झोलुङ्गे पुलस्थित रहेको सुचना तथा परामर्श केन्द्रले उद्धार गरेको संस्थाका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् ।

भारतीय नागरिकसंग घरबाट भागेर बिहे गर्छु भनेर भारत लैजान लागेको अवस्थामा  आफुहरुले शंका लागेर सोधपुछ गर्दा भारतमा गएर बिहे गर्ने युवतीले बताएपछि उद्धार गरिएको र महाकाली झोलुङ्गे पुलमा रहेको प्रहरी पोष्टले भारतीय युवक जान मोहम्मदलाई नियन्त्रणमा लिएको संयोजक भटटले बताईन् ।

किशोरी ४ दिन अघि घरबाट भागेको बताईएको छ । किशोरीका आफन्तले घरबाट बेपत्ता भएको भन्दै प्रहरीमा निबेदन दिएको किशोरीको आफन्तले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button