संसदलाई जवाफदेही बनाउन पत्रकार समाजको भूमिका महत्वपूर्ण छ-सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जवाफदेही बनाउन संसदीय पत्रकार समाजले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

शुक्रवार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै सभामुख सापकोटाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गरे ।

सभामुख सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् । आफ्नो हातमा नतिजा नआए पनि आफुले निरन्तर परामर्श गरिरहेको जानकारी दिँदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको तर्क गरे ।

विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नव निर्वाचित पदाधिकारीको कार्यकाल पनि सफल हुने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button