माधव नेपाल समूहद्वारा २ महिने अभियान घोषणा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आगामी २ महिनाका लागि कार्यक्रम सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंको कलंकी स्थित एक पार्टी प्यालेसमा बसेको सो पक्षको स्थायी समिति बैठकले पार्टी पुनर्गठनका लागि दुईमहिने अभियानको कार्ययोजना पारित गरेको हो।

स्थायी समिति बैठकमा नेता भीम आचार्यले कार्ययोजना पेश गरेका थिए। यस अभियान अन्तर्गत गाउँ, नगर र वडा कमिटी गठन हुने छन।

बैठकपछि पत्रकारसँग एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए।

एमालेको एकता र कम्युनिष्ट आन्दोलन बचाउन संगठन निर्माण र सुदृढीकरण अभियान केन्द्रित हुने सचिव भट्टराईको भनाई छ ।

बैठकले सबै जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button