ललितपुर मेयर कप महिला टी-ट्वान्टी: सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।

ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button