सूर्य थापाको चेतावनी-अँध्यारो सुरुङमा पसेको नेपाल समूह संयमित नभए विजोग हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेतृत्वको वागी समूह अँध्यारो सुरुङमा पसेको टिप्पणी गरेका छन् ।

शनिबार थापाले एक ट्विटमार्फत् नेपाल नेतृत्वको समूह अँध्यारो सुरुङमा पसेको बताएका हुन् । त्यस्तै अँध्यारो सुरुङमा पसेको नेपाल नेतृत्वको वागी समूहका लागि बाहिर निस्कने अगाडि ठाउँ नभएको र पछि फर्किन पनि नमिल्ने उनले टिप्पणी गरेका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन!’

एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले देशैभर समानान्तर कमिटी गठनलाई तीव्रता दिन थालेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उक्त समूहले एमालेको महिला, युवा तथा विद्यार्थी संगठनलाई पुनर्गठित गरिसकेको छ ।

त्यस्तै बिहीबार खनाल-नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको थियो । बिहीबार पोखराको लेकसाइडमा भएको कार्यक्रममा सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो । वरिष्ठ नेता नेपालले समानान्तर कमिटी घोषण गरेका थिए।

तर पार्टी, चुनाव चिन्ह र राजनीति नै नभएको खनाल-नेपाल समूहले समानान्तर समूह गठन गरेर सर्वनाशको बाटो अवलम्बन गरेको सल्लाहकार थापाले उल्लेख गरेका छन् । ‘साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !’, थापाको ट्विटरमा लेखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button