सेयर बजारमा आज नयाँ रेकर्ड, ७ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

आज नेप्से इन्डेक्स २६५७.६१ मा पुगेर बन्द भयो जुन अहिलेसम्मकै बढी हो। यसअघि यो रेकर्ड २६४०.३५ मा फेब्रुअरी २१ मा थियो। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४३ प्रतिशतले बढेर ४७०.७५ को बिन्दुमा पुगेको छ।
आज वोमि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड सहित ७ कम्पनीको मूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ।