पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आजराति देखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ।

इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button