एसिड प्रयोग गर्ने कारखानाले अब अनुमति लिनुपर्ने (हेर्नुहोस् विज्ञप्ति)

औधोगिक प्रयोजन लागि आवश्यक तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको छ ।
उद्योगले आफ्नो वार्षिक स्किम अनुसार के–कत्ति परिमाणमा कस्ता रसायन आवश्यक पर्छ भन्ने विवरण सहितको निवेदन दिएपछि मन्त्रालयले त्यसबारे निर्णय गरेर अनुमति दिने बताइएको छ । अध्यादेशको नियमावली अनुसार ७ दिनभित्र इजाजत पत्र प्राप्त उद्योगलाई तेजाव वा घातक रासायनिक पदार्थ आवश्यक भएमा निवेदन दिन गृह मन्त्रालयले आग्रह गरेको हो ।
