पत्रकार महासंघको चुनाव अगावै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

बैतडी / यहि चैत्र २५ हुने पत्रकार महासंघको चुनावका लागी बैतडी जिल्लामा स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरीएको छ ।

आइतबार जिल्लामा क्रियाशिल पत्रकारहरुले पत्रकार महांसघको सदस्यता नपाएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बैतडी जिल्लामा जन प्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यबसायी, संघ संस्थामा आवद्ध व्यक्तिहरु र बिमा कम्पनीका एजेन्टहरुलाई सदस्यता दिंदा पनी आफुहरुलाई सदस्यता नदिएको भन्दै तालाबन्दी गरेका हुन् ।

पत्रकार महासंघको बिधान २०६० को पाँचौ संसोधन २०७५ को दफा ४ को उपदफा १ को देहाय (क) र (ख) अनुसार पत्रकार महांसंघको सदस्यता प्राप्त गर्न पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति, पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ भनी प्रष्ट भनिएकोमा राजनैतिक पुर्वाग्रहको आधारमा पत्रकार महांसंघका अध्यक्षले सदस्यता बितरणमा मनोमानी गरेको रेडियो निङ्लाशैनीका पत्रकार पवन अवस्थीले बताए ।

बैतडीका ३० जना भन्दा बढी क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिएको उनले जनाए । पत्रकार महांसंघ बैतडीमा सदस्यता वितरणमा अनियमितताका साथै आर्थिक अनियमितता समेत गरेको अर्का पत्रकार प्रकाश भट्टले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button