जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण आएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कार्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे ।

त्यसपछि संक्रमण घट्दै गएर माघको पहिलो सातादेखि निकै कम हुँदै गएकोमा दोस्रो लहरको रुपमा हालका दिनमा फेरि संक्रमित थपिँदै गएको बताए ।

उनले अबको दिनमा जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी बनाउन नसकिए संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताए ।

छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेसनका साथै जनास्वास्थ्यको मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button