तस्कर र प्रहरीबीच गोली हानाहान, एक जना घाइते

धनगढी । कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।
भजनी नगरपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सीमा क्षेत्र नजिक सोमबार साँझ तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । “भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भने, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।”
उनको उपचार भारतमै भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
उनीसँगै रहेका अन्य ४ जना तस्करहरु भारत तिर भागेको उनले बताए । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिँह घाइते भएका छन् ।