माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका ४ मन्त्रीलाई गर्‍यो कारवाही

सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेर एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ।

प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।

उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट-३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि यी यी चार मन्त्रीहरु एमाले प्रवेश गरेका थिए।

त्यस्तै माओवादीतर्फबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापालाई भने कारबाही गरिएको छैन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button